• ४ साउन २०८३, सोमबार
  • ७:११ बेलुका

म्यानमारको नागरिक प्रदर्शनमा प्रहरीको बल प्रयोग

प्रकाशित मिति

२०७७ माघ २६ गते, सोमबार ०२:१८

काठमाडौं: म्यानमारमा सैन्य कू विरुद्ध प्रदर्शन तीव्र हुने क्रममा प्रहरीले बल प्रयोग गरेको छ। राजधानी नाइ पी तावमा भएको प्रदर्शन नियन्त्रणमा लिनका लागि प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ।

पेशाकर्मीहरुले सैन्य कू विरुद्ध देशव्यापी बन्द आह्वान गरेका छन्। त्यसक्रममा भएको प्रदर्शन नियन्त्रणमा लिनका लागि प्रहरीले पानीको फोहोरा प्रहार गरेको हो।

Kamana Sewa

म्यानमारमा लगातार तेस्रो दिन प्रदर्शन भएको हो। उनीहरुले नेतृ आङ साङ सूकीसहितका नेताको रिहा तथा प्रजातन्त्र पुनर्स्थापनाको माग गरेका छन्।

Classic Tech Desktop

म्यानमारको सेनाले गएको सोमबार बिहानै सत्तारुढ नेशनल लिग फर डेमोक्रेसी पार्टीकी नेतृ आङ साङ सूकीसहित शीर्ष नेतालाई गिरफ्तार गरि सत्ता नियन्त्रणमा लिएको हो।

गएको नोभेम्बर ८ मा भएको चुनावमा सूकीको पार्टी अत्याधिक बहुमत ल्याएर विजयी भएको थियो। तर सो चुनावमा धाँधली भएको आरोप लगाएको सेनाले निर्वाचित सांसदको पहिलो बैठक बोलाइएकै दिनको सबेरै सत्ता हत्याएको हो।

 

प्रतिकृया