• ४ साउन २०८३, सोमबार
  • ७:११ बेलुका

कांग्रेस जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छ:विमलेन्द्र

प्रकाशित मिति

२०७७ माघ २६ गते, सोमबार ०२:०३

काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीसँग प्रतिनिधिसभा पुनःस्थापना र निर्वाचन दुई विकल्प रहेको र लोकतन्त्रको रक्षाका लागि दुवैलाई आत्मसात गर्न पार्टी तयार रहेको जनाएका छन्।

नेपाल प्रेस युनियन पर्सा शाखाद्वारा आज वीरगञ्जमाआयोजित पत्रकार सम्मेलनमा नेता निधिले यस्तो टिप्पणी गरेका हुन्। वर्तमान राजनैतिक परिस्थितिका कारण देशमा संकट आएको जनाउँदै समाधानका लागि दुईमध्ये एक रोज्नै पर्ने उनले बताएका छन्।

Kamana Sewa

संसद विघटनमाथि सञ्चारकर्मीले प्रश्न गर्दा पूर्वउपप्रधानमन्त्री निधिले जवाफ दिँदै भने, प्रतिनिधिसभा विघटनको विषय संवैधानिक या असंवैधानिक के हो भन्नेबारे अदालतले निर्णय गर्छ। यसमा हामीले टिप्पणी नगरौँ।

Classic Tech Desktop

नेपाली कांग्रेसको मात्र नभएर सम्पूर्ण नेपाली जनता र राजनीतिक दलहरूको एउटै उद्देश्य भनेको प्रतिनिधिसभा निर्वाचन भएको जनाउँदै यसका लागि आफ्नो पार्टी जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहेको नेता निधिले दाबी गरेका छन्।

प्रतिकृया