• ४ साउन २०८३, सोमबार
  • ७:११ बेलुका

भत्ता नपाएपछि वीर अस्पतालका डाक्टर आन्दोलित

प्रकाशित मिति

२०७७ माघ २६ गते, सोमबार ०१:५४

काठमाडौं: वीर अस्पतालमा कार्यरत डाक्टरहरूले महामारीको बेलामा काम गरेको भत्ता नपाए पछि आन्दोलित भएका छन्। सरकारले कोरोनाविरुद्घको लडाइँमा फ्रन्ट लाइनमा बसेर काम गर्ने सबै कर्मचारीहरूलाई जोखिम भत्ता दिने बताए पनि अहिले सम्म भत्ता नपाए पछि आन्दोलनमा उत्रिएको डाक्टर किरण पाण्डेले बताएका छन्।

वीर अस्पतालमा काम गरेका डाक्टरहरूले जोखिम भत्ता नपाएको भन्दै गत माघ १५ देखि २३ गतेसम्म अस्पतालमा धर्ना बसेर विरोध जनाएका थिए। २३ गते डाक्टरहरू र अस्पताल प्रशासनबीच सम्झौता भएसँगै धर्ना कार्यक्रम रोकिएको छ।

Kamana Sewa

अस्पतालमा कार्यरत डाक्टर किरण पाण्डेका अनुसार अस्पतालले करिव २ सय आवासी चिकित्सकहरूलाई भत्ता दिएको छैन। उनले भने, ‘अहिले धर्ना रोकेका छौँ, पैसा आएन भने फेरि धर्ना कार्यक्रम निरन्तर हुन्छ।’

Classic Tech Desktop

करिब १० महिनासम्म कोरोनाको जोखिम मोलेर काम गरेको पैसा आउनु पर्ने भए पनि सरकारले नदिएको चिकित्सकहरूको दाबी छ।

प्रतिकृया