• ४ साउन २०८३, सोमबार
  • ८:०७ बेलुका

भोलिदेखि सञ्चारकर्मीहरुलाई पनि खोप लगाउने व्यवस्था

प्रकाशित मिति

२०७७ माघ २५ गते, आईतवार ०५:३६

काठमाडौं: सरकारले सञ्चारकर्मीहरुलाई पनि भालि बाट कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले अग्रभागमा रहेर काम गरिरहेका सञ्चारकर्मीहरुलाई भोलीबाट खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सहमति गरिएको जानकारी दिएका छन्।

आईतबार काठमाडौंमा आयोजित ‘आमसञ्चार र श्रमजीवि पत्रकारः नीति, कार्यक्रम र बजेट’ विषयक छलफल कार्यंक्रममा बोल्दै उनले नेपाल पत्रकार महासंघमा आवद्ध १३ हजार भन्दाबढि पत्रकारहरुलाई खोप लगाउने व्यवस्था गर्न लागिएको पनि स्पष्ट पारेका छन्। काठमाडौंको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा खोप लगाउने व्यवस्था मिलाइएको छ ।

Kamana Sewa

मन्त्री गुरुङले जोखिममा रहेर काम गरिरहेका सञ्चारकर्मीहरुलाई सरकारले उच्च प्राथमिकता दिएर निःशुल्क खोप लगाउने व्यवस्था गरेको बताएको हो।

Classic Tech Desktop

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आईतबार पत्राचार गरी ‘माघ २६ गतेदेखि पाँच दिनका लागि अग्रपंक्तिमा रहेर काम गर्ने सञ्चारकर्मीका लागि कोभिड १९ विरुद्धको खोप अभियान सुरु हुने भएकाले खोप प्राप्त गर्नुपर्ने सम्पूर्ण सञ्चारकर्मीहरुको विवरण खोप सचिवालय स्वास्थ्य सेवा विभागमा उपलब्ध गराई दिन हुन र आवश्यक समन्वय गरि दिनुु हुन अनुरोध’ गरेको छ ।

मन्त्री गुरुङले कोरोना प्रभावित पत्रकारहरुका लागि राहतको व्यवस्था गर्ने उल्लेख गर्दै आवश्यक सुुझाव दिन नेपाल पत्रकार महासंघलगायतका सम्बन्धित संघ, संगठनहरुलाइ समेत गरेका छन् ।

 

प्रतिकृया