• १५ असोज २०८३, बिहीबार
  • ११ः०६ राती

काठमाडौँ-सुर्खेत उडानमा लागि श्री एयरलाइन्सले पायो अनुमति

प्रकाशित मिति

२०७७ माघ २३ गते, शुक्रबार ०२:३४

सुर्खेत: काठमाडौँ देखि सुर्खेत परीक्षण उडानमा लागि निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले अनुमति पाएको छ। उडानका लागि नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट अनुमति पाएको हो।
क्यानको अनुमतिपछि श्रीले यसै साता टर्बोप्रोप ‘क्यू ४ सय’ जहाजमार्फत सुर्खेत परीक्षण उडान गर्ने योजना रहेको जनाएको छ।

National Life

श्री एअरले अनुमति पाएपछि कर्णालीबासीले सुर्खेत –काठमाडौं उडानमा सस्तो मुल्यदरमा हवाईयात्रा गर्न बाटो खुलेको छ।
नेपाल एअर बिजनेस गू्रज सुर्खेतका निर्देशन निर्मल केसी भन्छन्–‘लामो समय देखिको कर्णालीबासिहरुको अथक प्रयासले सार्थकता पाउने विश्वास छ।’
केसीका अनुसार श्री एअरले सुर्खेत नियमित उडान गर्ने योजना छ ।

करिब चार वर्ष अघिबाट व्यावसायिक उडान शुरु गरेको श्री एअरले सिआरजे २ सय र सिआरजे ७ सय जेट इञ्जिनका साथै दुईवटा क्यु ४ सय सिरीजका प्रोपेलर जहाजबाट हवाई सेवा दिँदै आएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया