• १५ असोज २०८३, बिहीबार
  • ११ः३१ राती

नेकपाको मूल पार्टी आफू नेतृत्वको नेकपा:ओली

प्रकाशित मिति

२०७७ माघ २३ गते, शुक्रबार ०२:४३

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको मूल पार्टी आफू नेतृत्वको नेकपा भएको बताएका छन्। उनले आफू नेतृत्वको पार्टी नै देशको मूल पार्टी पनि भएको जनाएका छन्।

National Life

नेकपा स्वाधीनता र देशको भौगोलिक अखण्डताको रक्षा गर्ने पार्टी पनि भएको बताए। नेकपा इतिहास बोकेको र देश बनाउने सपना बोकेको पार्टी भएको बताए। ‘आजबाट कुन चाहिँ पार्टी खास, कुन चाहिँ नक्कली र कुनचाहिँ सक्कली भन्ने कुरा फैसला भयो,’ भीड देखाउँदै ओलीले नारायणहिटी अगाडिको वृहद जनसभालाई सम्बोधन गर्दै भने।

उनले जनसभामा मान्छे खाँदाखाँद रहेको र त्रिचन्द्रदेखि जयनेपालसम्म भीड रहेको भन्दै मुल पार्टी कुन हो भनेर कतिपयले सोधिरहेको भन्दै यो भीडबाट कुन मूल पार्टी भन्ने स्वतः खुल्ने बताए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया