• १७ असोज २०८३, शनिबार
  • १ः४९ राती

प्रधानमन्त्रीको प्रचण्डलाई प्रश्न– शाकाहारी आन्दोलनले हुँदैन भनेको चिकेन चिल्ली खान्छु भनेको हो ?

प्रकाशित मिति

२०७७ माघ २३ गते, शुक्रबार ०२:५३

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डले शाकाहारी आन्दोलनले हुँदैन भनि दिएको अभिव्यक्तिको विरोध गरेका छन् । केही अघि प्रचण्डले अब ननभेज आन्दोलनले नहुने भन्दै अभिव्यक्ति दिएकोमा ओलीले त्यसको जवाफ दिँदै शुक्रबारको जनसभामा भने, ‘शाकाहारी आन्दोलनले हुँदैन रे।

National Life

शाकाहारीले हुँदैन भनेको चिकन चिल्ली खान्छु भनेको हो?’ उनले प्रचण्डको नामै नलिइ उनले नरभक्षी आन्दोलन गर्न खोजेका आरोप लगाउँदै नरभक्षी अन्दोलनको दिन सकिएको बताए। उनले भने, ‘अब कसैले हिंसा मच्चाउन सक्दैन। नेपाल अशान्ति र हिंसाको भूमरीमा जान सक्दैन।’

ओलीले हिजोको आम हड्तालका क्रममा ट्याक्सी जलाउने काम भएको भन्दै आक्रोश पोख्दै ट्याक्सी जल्नेलाई सरकारले क्षतिपूर्ति दिने बताए। ‘सरकारले क्षतिपूर्ति दिन्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

बीमा होला बीमाले दिन्छ । बीमाले नगरेको खण्डमा सरकारले गर्छ’ उनले भने, ‘गरीबलाई हेर्ने र गरीबलाई माया गर्ने सरकार छ । शान्तिका लागि लड्ने सरकार छ ।’ उनले ट्याक्सी चालकलाई प्रचण्ड पक्षले जिउँदै जलाउने प्रयास गरेको आरोप समेत लगाए।

यस्तै आजको जनसभालाई बिथोल्न प्रचण्ड–नेपाल पक्षले प्रयास गरेको पनि उनको दावी थियो ।

प्रतिकृया