• १९ असोज २०८३, सोमबार
  • १०ः४८ बिहान

नेपाली सेनाले माग्यो २ सय जना अधिकृत क्याडेट

प्रकाशित मिति

२०७७ माघ २२ गते, बिहीबार ०६:२९

काठमाडौं: नेपाली सेनाले २ सय जना अधिकृत क्याडेट ‘सेकेन्ड लेफ्टेनेन्ट’ का लागि नयाँ भर्ना आह्वान गरेको छ ।

National Life

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले आजको गोरखापत्रमा एक सूचना प्रकाशित गर्दै सो विज्ञापन आह्वान गरेको हो ।

सेनाले खुलातर्फ १ सय ५ पदमा बिज्ञापन खुलाएको छ भने समावेशी तर्फ १८ महिला, २९ आदिवासी जनजाती, २५ मधेशी, १४ दलित, ५ अमर सैनिक सन्तती र ४ पद पिछडिएको क्षेत्रमा गरी जम्मा २ सय पदमा भर्ना आह्वान गरेको हो।

Classic Tech Mobile
Classic Tech Desktop

न्युनतम प्रमाणपत्र तह वा सो सरह उतीर्णले दरखास्त दिन सक्ने छन्। आजदेखि फागुन २१ गतेसम्म दरखास्त दिन सकिने निर्देशनालयले जनाएको छ।

प्रतिकृया