• १८ असोज २०८३, आइतबार
  • ७ः३६ बिहान

घाइते पूर्व मन्त्रीद्वय मातृका, रामचन्द्रसहित चार जनालाई काठमाडौँ रेफर

प्रकाशित मिति

२०७७ माघ २२ गते, बिहीबार ०६:३९

काठमाडौं: जनकपुरधाममा प्रहरीसँगको झडपमा घाइते भएका पूर्व मन्त्रीद्वय रामचन्द्र झा र मातृका प्रसाद यादवसहित चार जनालाई काठमाण्डौं रेफर गरिएको छ।

National Life

नेकपा प्रचण्ड–नेपाल समूहका नेता पूर्व मन्त्री रामचन्द्र झा, मातृका प्रसाद यादव, धनुषा शहिदनगर नगरपालिकाका प्रमुख उदय बरबरिया यादव र प्रदीप साहलाई थप उपचारका लागि नर्भिक अस्पताल काठमाण्डौं रेफर गरिएको हो।

नेकपा प्रचण्ड–माधव समूहका प्रदर्शनकारी र प्रहरी बिच जनकपुरधामको शिव चौकमा झडप भएको थियो । जनकपुरधामका पसल बजारहरू बन्द गराउँदै हिँडेका प्रदर्शनकारीहरू जानकीचौकवाट जनक चौक हुँदै शिव चौक पुगेपछि विपरीत दिसा वाट आइरहेको एक सानो भ्यानमा तोडफोड गर्न थालेपछि प्रहरीले हवाइ फायर खोले पछि झडप भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रहरीले लाठी चार्ज गरी नेता रामचन्द्र झाको टाउको फुटाएको छ भने मातृका यादव घाइते भएका छन् । झडपमा यादव, झा सहित ११ जना घाइते भएका छन् । झडपका क्रममा केही गाडीमा तोडफोडसमेत भएको छ । साथै प्रहरी निरीक्षक अशोक झाको कमाण्डमा रहेको टोलीले झडपको क्रममा १२ राउण्ड हवाइ फायर र दर्जनौँ अश्रुग्याँस फायर गरेको थियो ।

प्रतिकृया