• २० असोज २०८३, मंगलबार
  • ८ः०६ राती

हेटौडा उपनगरपालिकामा व्यवस्थित वस टर्मिलन भवन निर्माणका लागि उपमहानगरपालिका र कोष बीच ऋण सम्झौता

प्रकाशित मिति

२०७७ माघ २२ गते, बिहीबार ०४:०९

हेटौडा: उपनगरपालिकामा व्यावसायिक क्रियाकलापलाई विस्तार तथा व्यापारिक केन्द्रको रुपमा विकास गराउने उद्देश्यका साथ हेटौडा उपमहानगरपालिका र नगर विकास कोष बीच हेटौडा बस टर्मिनल भवन निर्माणका लागि ऋण सम्झौता सम्पन्न गरिएको छ।

National Life

हेटौडा बस टर्मिनल भवन निर्माणका लागि कोषका कार्यकारी निर्देशक श्री कृष्णप्रसाद सापकोटा र हेटौडा उपमहानगरपालिकाका प्रमुख श्री हरी बहादुर महत बीच रू २० करोड ६९ लाख ९८ हजारको ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हो। यस हेटौडा बस टर्मिनल भवन आयोजनाको निर्माणको कुल अनुमानित लागत रू. ३४ करोड ४९ लाख ९७ हजारको ६० प्रतिशत ऋण रकम कोषको तर्फबाट र ४० प्रतिशत रकम नगरपालिकाबाट व्यहोर्ने छ।

बाग्मती प्रदेशको राजधानी समेत रहेको हेटौडा उपमहानगरपालिकाको सौन्दर्यताको लागि सुविधासम्पन्न यस बस टर्मिनल भवन क्षेत्रमामा सानाठूला गरि १ सय ३० ओटा गाडीहरु एकै साथ पार्किङ्ग गर्न सकिने सुविधा रहेको छ साथै यस व्यवसायिक भवनभित्रको २ तले basement Parking मा ९० वटा चार पाङग्रे र २५० वटा दुई पाङग्रे सवारी साधनका लागि पार्किङ्ग सुविधा रहेको छ जसले हेटौडा बजारमा रहेको अव्यवस्थित पार्किङ्गलाई न्युनिकरण गरी व्यवस्थित र सुविधायुक्त पार्किङ्ग व्यवस्थापनमा सहयोग पुग्ने छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यस आयोजनाबाट उपमहानगरपालिकाको आर्थिक वृद्धिमा समेत टेवा पुग्ने छ ।
ऋण सम्झौताका क्रममा उपमहानगरपालिका प्रमुख श्री हरी बहादुर महत ज्युले नगर विकास कोष सँगको सहकार्यतामा थप नँया आयोजना गर्न पाउँदा खुशी व्यक्त गर्दै ऋण लगानीबाट पनि दिगो शहरी पूर्वाधार निर्माण गर्न सकिने कुरा व्यक्त समेत गरे।

सोहि अवसरमा कोषका कार्यकारी निर्दशक श्री कृष्ण प्रसाद सापकोटा ज्युले कोषको हेटौडा उपमहानगरपालिका सँगको सम्बन्ध पुर्नस्थापित भएको र सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै आयोजनाको परिकल्पना अनुसारको निर्माण कार्य समयमा सम्पन्न हुने आशा समेत व्यक्त गरेका छन्।

प्रतिकृया