नेपाल टेलिकमले ल्यायो फोरजी वायरलेस सेवा, अब प्रति जीबी कति रुपैयाँमै चलाउन सकिने?
प्रकाशित मिति
२०७७ माघ २२ गते, बिहीबार ०४:२८
काठमाडौँ : सरकारी स्वामित्वको एकमात्र दूरसञ्चार कम्पनी नेपाल टेलिकमले फोरजी वायरलेस होम ब्रोडब्याण्ड सेवा सुचारु गरेको छ।
कम्पनीले १७ औं वार्षिकोत्सको अवसरमा फोरजी वाईफाईको रुपमा बिहीबारदेखि फोरजी वायरलेस होम ब्रोडब्याण्ड सेवा सञ्चालनमा ल्याएको टेलिकमका प्रवक्ता राजेश जोशीले बताएका छन्।
उनले भने, ‘ नेपाल टेलिकमले यो सेवा मुलुकभरका लागि ल्याएको हो। एफटीटीएच तथा एडीएसएल सेवा नपुगेको तथा वायरलेस माध्यमबाट धेरै डेटा चलाउने मुलुकभरका फोरजी ग्राहकहरुले यो सेवा प्रयोग गर्न सकिने छ।’
यस कासाथै सीपीई प्रयोग गरी यो सेवामार्फत सस्तो दरमा फोरजी वायरलेस होम ब्रोडब्याण्ड प्रयोग गर्न सकिने उनले जनाए।
उनले भने, ‘ हाल यो सेवा प्रति महिना नौ सय रुपैयाङ्गँ ६० जीबी, १ हजार ५ सय रुपैयाँमा १ सय २० जीबी र वार्षिक ९ हजार ६ सय रुपैयाँमा ७ सय २० जीबी र १६ हजार रुपैयाँमा १ हजार ४ सय ४० जीबीमा उपलब्ध छ । तर यसमा १६ हजार रुपैयाँको प्याकेज लिँदा प्रति जीबी डेटाको शुल्क ११।११ रुपैयाँमै फोरजी चलाउन सकिन्छ।’
करीब ७० प्रतिशत जनसङ्ख्यामा टेलिकमको कुनै न कुनै सेवाको पहुँच पुगिसकेको छ। आर्थिक वर्ष २०७६-०७७ मा टेलिकमको आय रु ४२ अर्ब ९८ करोड तथा खुद मुनाफा रु ९ अर्ब ७४ करोड पुगेको छ।
कम्पनीले मुलुकका ७७ वटै जिल्लामा ताररहित प्रविधिमा आधारित फोरजी मोबाइल र डाटा सेवा तथा ४२ जिल्लामा अप्टिकल फाइबरमा आधारित एफटिटिएच सेवा सञ्चालनमा ल्याएपछि ग्राहक आधारमा निरन्तर वृद्धि भइरहेको छ।








प्रतिकृया