• २१ असोज २०८३, बुधबार
  • ५ः२२ बिहान

चितवनमा वडाध्यक्षको निधन

प्रकाशित मिति

२०७७ माघ २१ गते, बुधबार ०७:१०

चितवन: चितवनको इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष होमबहादुर रानामगरको निधन भएको छ। भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचारको क्रममा गए राति उनको निधन भएको हो।

National Life

लामो समयदेखि कलेजो पीडित रहेका अध्यक्ष रानामगरको ३८ वर्षकोे उमेरमा निधन भएको गाउँपालिका प्रवक्ता सावित्री गुरुङले बताइन्। उनको शवलाई आजै नेपाल ल्याउने तयारी भइरहेको प्रवक्ता गुरुङले जानकारी दिए।

रानामगरको श्रीमती र एक छोरी रहेकी छिन्। उनी नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया