• ४ साउन २०८३, सोमबार
  • ७:०५ बेलुका

करिश्मा छोरी कवितालाई नायिका बनाएर फिल्म बनाउँदै 

प्रकाशित मिति

२०७७ माघ १९ गते, सोमबार ०५:४३

काठमाडौं- नेपाली फिल्म क्षेत्रकी सदावहार अभिनेत्री करिश्मा मानन्धरले नयाँ फिल्म निर्माण गर्ने भएकी छिन् । आफ्नै छोरी कविता मानन्धरलाई लिएर उनले ‘बनवास’ फिल्म निर्माण गर्न लागेको हिजो सामाजिक सञ्जाल फेसबुक मार्फत थिम पोस्टर सार्वजनिक गरेर फिल्मको घोषणा गरेकी हुन् ।

पारिवारिक कथामा निर्माण हुन लागेको फिल्ममा पारिवारिक कथा हुनेछ । बावुको भुमिकामा अभिनेता सरोज खनाल र छोरीको भुमिका कविता मानन्धरले निर्वाह गर्ने भएकी छिन् । फिल्मलाई निर्देशन कसले गर्ने त्यसको बारेमा भने हालसम्म टुंगो लागेको छैन् । यसबारेमा कुनै आधिकारीक जानकारी आएको छैन् ।

Kamana Sewa

शिव श्रेष्ठले ‘एउटा यस्तो प्रेम कहानी’ फिल्मबाट कवितालाई फिल्म क्षेत्रमा प्रवेश गराएका थिए । तर फिल्मको पुरा काम नसकीदै फिल्म प्रदर्शनमा आएको थियो । कविताको भुमिका फिल्ममा छोट्याएपछि करिश्मा शिवसँग रिसाएकी थिइन् ।

Classic Tech Desktop

फिल्मले खासै दर्शकको मन पनि जित्न सकेन । कविताको पहिलो फिल्म असफल भएपछि उनको फिल्मी करिअर संकटमा परिरहँदा करिश्माले कवितालाई लिएर ‘बनवास’ निर्माणको घोषणा गरेकी छन् ।

प्रतिकृया