• १२ असोज २०८३, सोमबार
  • ९ः५७ राती

एनआरएनए कतारद्वारा सचेतनामुलक कार्यक्रम

प्रकाशित मिति

२०७७ माघ १८ गते, आईतवार ०१:४६

काठमाडौं : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले कतार सरकारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयको समन्वयमा कतार सरकारले जारी गरेको श्रमिकको न्यूनतम राष्ट्रिय ज्याला र कम्पनी परिवर्तन गर्ने सम्बन्धमा नयाँ कानूनहरूको बारेमा नेपाली समुदायको लागि सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

National Life

 

कार्यक्रममा कतार सरकारको सम्बन्धित मन्त्रालयको श्रम सम्बन्ध तथा जनचेतना विभाग प्रमुख अलि साह अल खैफ प्रमुख अतिथि रहेको थियो । कार्यक्रममा नेपाली दूतावास कतारका श्रम कन्सुलर कृष्णप्रसाद खनाल, आईसीसी अग्रजहरू, नेपाली संघसंस्थाका प्रमुखहरू, सामाजिक एवं धार्मिक संघसंस्थाका प्रमुखहरू लगायतको उल्लेखनीय सहभागिता रहेको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

 

अध्यक्ष मुसलमानले नयाँ कानूनको विषयमा थप जानकारी लिन एनआरएनए एनसीसी कतारको आधिकारिक ईमेलमा जिज्ञासाहरू पठाऊन आग्रह गरेका छन् ।

प्रतिकृया