• ९ असोज २०८३, शुक्रबार
  • २ः५९ दिउँसो

भक्तपुरमा घर बनाउँदै गरेका मजदूरको खसेर मृत्यु

प्रकाशित मिति

२०७७ माघ १७ गते, शनिबार ०८:१०

भक्तपुर: निर्माण हुँदै गरेको घरको दोस्रो तलाबाट खसेर शुक्रबार एक मजदूरको मृत्यु भएको छ।

National Life

मध्यपुरथिमि नगरपालिका–६ कुण्डोलमा ठाकुर अधिकारीले बनाउँदै गरेको पक्की घरको दोस्रो तलाबाट खसेर काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–६ घर भई हाल मथिनपा–६ कुण्डोल बस्ने मजदूर ४० वर्षीय प्रेम मगरको मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरीका अनुसार घरको दोस्रो तलाबाट खसेलगत्तै अन्य मजदूरले उपचारका लागि मध्यपुर अस्पतालमा लैजाँदा उपचारका क्रममा मगरको मृत्यु भएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिकृया