• ७ असोज २०८३, बुधबार
  • १०ः१९ राती

एनआईसी एशिया बैंकको डेबिट कार्ड लिन अब अनलाइनबाटै आवेदन दिन सकिने

प्रकाशित मिति

२०७७ माघ १३ गते, मंगलवार ०५:२२

काठमाडौं- एन आई सी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड आवेदन दिन सकिने सहज प्रणालीको शुभारम्भ गरेको छ । समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिँदै बैंकलेलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी नयाँ डेबिट कार्ड अनलाइनबाट अनुरोध गर्न सकिने सेवा थालनी गरेको हो ।

National Life

ग्राहकहरूलाई हरेक कामका लागि बैंकको शाखा पुग्न नपरोस भन्ने हेतुले बैंकले आफ्नो वेबसाइमा रहेको आईसर्भ डिजिटल सेवामार्फत नयाँ डेबिट कार्ड अनुरोध गर्न सकिने व्यवस्था मिलाएको छ । उक्त आईसर्भ भित्र सेवाग्राहीहरूले आफ्नो यस बैंकमा रहेको खाता सम्बन्धी विवरण उल्लेख गरी भेरिफाई गरेपश्चात डेबिट कार्ड आवेदको प्रक्रिया अगाडी बढ्नेछ र त्यसपश्चात ग्राहकले इन्स्यान्ट कार्ड वा नेम एम्बोस्ड कार्ड तथा आफुलाई पायक पर्ने शाखा छनौट गर्न मिल्ने विकल्प राखिएको छ ।

बैंकबाट सेवाग्राहीलाई आवेदन सफल भएको एसएमएसमार्फत रिफ्रेन्स कोड सहित जानकारी गराइनेछ । ग्राहकको आवेदन अनुसारको डेबिट कार्ड तयार भएपश्चात् बैंकले ग्राहकहरूलाई एसएमएस तथा फोनमार्फत खबर गर्ने व्यवस्था समेत गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

उक्त रिफ्रेन्स कोडसहित सेवाग्राही सिधै बैंकको शाखामा उपस्थित भई बिना कुनै झन्झट सोझै ग्राहक सेवा काउन्टरमार्फत आफुले अनुरोध गरेको डेबिट कार्ड प्राप्त गर्न सकिन्छ । बैंकले ल्याएको यस अनलाइन डेबिट कार्ड अनुरोध सुविधाले काउन्टरमा पुगेर लामो समय लाइनमा बस्नुपर्ने झन्झटिलो परम्पराबाट ग्राहकहरूलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ । त्यसैले डिजिटल युगको बेलामा जतिसक्दो सहज सेवाका लागि बैंकले ल्याएको यस सुविधाको भरपुर लाभ उठाउनुहुन बैंक सम्बन्धित ग्राहकहरूसामु आव्हान गरेको छ ।

ग्राहकहरूलाई अनलाइन सुविधाहरू एकै स्थानबाट प्रदान गर्दै आएको आईसर्भ डिजिटल सेवालाई बैंकले हाल अझ परिष्कृत रुपमा विकास गरेको हो । डिजिटल बैंकिङ्गको सुनौलो अनुभवका निमित्त बैंकले हाल आएर आईसर्भलाई अझ बढी ग्राहकमैत्री एवं सरल बनाएर ग्राहकहरूसामु ल्याएको हो ।

यसमार्फत मोबाइल बैंकिङ्ग सेवाहरू नयाँ आवेदन, अनब्लक, ब्लक तथा पिन रिसेट गर्ने, ग्राहक सम्बन्धी सेवाहरू ब्यालेन्स चेक गर्न, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन र एकाउन्ट स्टेटमेन्ट आवेदन, टेलर सेवाहरू ९नगद तथा चेक डिपोजिट भौचर र डेबिट कार्ड सम्बन्धी सेवाहरू ई–कमर्श दर्ता र नयाँ कार्ड आवेदन० प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।

यसका अलावा बैंकले आफूलाई पूर्ण रुपले ‘डिजिटल फर्स्ट बैंक’ बन्ने दीर्घकालिन रणनीति अनुरुप निकट भविष्यमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरू आईसर्भमार्फत गर्ने लक्ष्य लिएको छ ।

प्रतिकृया