• ९ असोज २०८३, शुक्रबार
  • ४ः२० बेलुका

फगुनभित्र प्रतिनिधिसभा पुनःस्थापना हुन्छः योगेश भट्टराई

प्रकाशित मिति

२०७७ माघ १३ गते, मंगलवार ०४:०७

ताप्लेजुङः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता तथा पूर्व मन्त्री योगेश भट्टराईले आगामी फागुनमा प्रतिनिधिसभा पुनःस्थापना हुने दाबी गरेका छन्।

National Life

मंगलबार ताप्लेजुङमा आयोजित सभालाई सम्बोधन गर्दै नेता भट्टराईले संसद् पुनःस्थापना गर्नुको विकल्प नरहेको भन्दै यस्तो बताएका हुन् ।

न्यायालयले संविधानमा टेकेर फैसला गर्ने उल्लेख गर्दै उनले फागुनमा संसद् पुनःस्थापना हुने भन्दै भने, ‘संसद पुनःस्थापना गर्नुको अर्को विकल्प छैन। न्यायालयले संविधानलाई टेकेर नै फैसला गर्नेछ। फागुनमा संसद पुनःस्थापना हुन्छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

सम्बोधनका क्रममा उनले संसद् पुनःस्थापना गरेर संविधानलाई बचाउने अभियानमा साथ दिन कांग्रेसलाई पनि आग्रह गरेका थिए।

उनले आफूलाई ओलीले मन्त्री बनाएको भएपनि असंवैधानिक कदममा साथ दिन नसकिएको बताए।

प्रतिकृया