• १४:३० २०८० चैत्र १६ गते
  • 2:30 pm

भैरवी आधारभूत विद्यालयमा तीन वर्षमा ७ जना विद्यार्थीबाट २२१ पुगे

प्रकाशित मिति

२०७७ माघ ११ गते, आईतवार ०१:२७

bhairabi school

भक्तपुर:  भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डू स्थित भैरवी आधारभूत विद्यालयमा उलेख्य रुपमा विद्यार्थी सङ्ंख्या बृद्धि भएको छ ।

स्थानीय तहको निर्वाचनपछि विद्यालयको पठनपाठन बोडिङ स्कूलकै शैलिमा सञ्चालन भएपछि विद्यार्थी सङ्ख्या उलेख्यरुपमा बृद्धि भएको हो ।

विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष जनप्रतिनिधि रहने गरी सूर्यविनायक नगरपालिकाले नीतिगतरुपमा निर्णय गरेसँगै भैरवीमा प्रभावकारी व्यवस्थापनका कारण विद्यालयमा विद्यार्थी सङ्ख्या उल्लेख्य रुपमा बृद्धि भएको हो ।

गत तीन वर्ष अगाडि सात जना विद्यार्थी थिए विद्यालयको शैक्षिक गुणस्तर सुधार भएपछि अहिले विद्यालयमा २२१ जना विद्यार्थीले पठन पाठन गर्दै आएका छन् ।  इसीडी कक्षामा मात्र अहिले ११० विद्यार्थी रहेका छन् ।

त्यस्तै प्ले ग्रु्पदेखि नर्सरी, एलकेजी र युकेजीसम्ममा उल्लेख्यरुपमा विद्यार्थी रहेको भैरवी आधारभूत विद्यालयका प्रधानाध्यापक राजकुमार बस्नेतले जानरकारी दिनुभयो । उहाँका अनुसार प्रभावारी व्यस्थापन, कोरोनाका समयमा विद्यालयका शिक्षकले घरघरैमै गएर पठनपाठन गराउँदै र शैक्षिणक गुणस्तरीयता कायम गरिएकाले विद्यालयमा विद्यार्थीको सङ्ख्या बृद्धि भएको हो ।

त्यस्तै काठमाडौँ वल्ड स्कूलको पाठ्यपुस्तक निःशूल्क रुपमा वितरण गरिएको, स्टेशनरी सामाग्री, दिवा खाजा विद्यार्थीलाई प्रदान गरिदै आएकाले विद्यालयमा विद्यार्थी सङ्ख्या बृद्धि भएको हो । उहाँले भन्नुभयो “ पूर्व मन्त्री महेश बस्नेत, सुनपा ७ का वडाध्यक्ष रबिन्द्र सापकोटा र नगरपालिकाको प्रभावकारी सहयोग र समन्वय भएकाले विद्यालययको शैक्षिक गुणस्तरसँगै विद्यार्थी सङ्ख्या बृद्धि भएको हो ।” विद्यालयको आफ्नै सुविधासम्पन्न भवन, कम्यूटर कक्षा, इन्टरनेट लगायतका सुविधा रहेको छ ।

२०३६ सालमा स्थापना भएको विद्यालयमा विभिन्न समयमा विद्यार्थी घट्ने र बढ्ने क्रम भए पनि अहिले भने प्रभावकारी व्यवस्थापन शैक्षिक गुणस्तरमा आमूल परिवर्तन भएकाले सुधार भएकाले विद्यालयमा उल्लेख्य रूपमा विद्यार्थी संख्या बृद्धि भएको विद्यालयले जनाएको छ ।

प्रतिकृया