पेस्तोलसहित एक पक्राउ
प्रकाशित मिति
२०७७ माघ ११ गते, आईतवार १०:२६
सर्लाही: सर्लाहीको कविलासीबाट प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका–८ का ५० वर्षीय अरुण मिश्र रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।
मिश्रलाई कविलासी नगरपालिका–१० चमेलीमाईबाट हतियारसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए । ‘उनको साथबाट ७.६५ एमएम लेखिएको एक थान पेस्तोल बरामद भएको छ । आवश्यक अनुसन्धान जारी छ,’ प्रहरी उपरीक्षक राठौरले भने ।
छिमेकी देश भारतसँग खुला सिमाना रहेको प्रदेश नं २ का जिल्लामा आपराधिक गतिविधि गर्न पछिल्लो समय साना हतियार भित्रिने क्रम जारी रहेपछि प्रहरीले जिल्लाको सुरक्षा संयन्त्रलाई थप कडाइ गरेको छ । रासस
Related
Recent News
- टिमुरे बाढी : ३३८ ट्रक–कन्टेनर र ४४१ जना अझै सम्पर्कविहीन
- इन्द्रजात्राका कारण शुक्रबार नेप्से बन्द, सोमबारदेखि कारोबार खुल्ने
- ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, करिब १० घर जले
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- शेयर बजारमा सुधार, नेप्से २६२९ बिन्दुमा
- भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति सवारी बन्द
- प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
- दुई महिनामा वाणिज्य बैंकहरूको कर्जा लगानी ६१ अर्बले बढ्यो
- प्रधानमन्त्री राहत कोषमा साढे १५ अर्ब रुपैयाँ संकलन
- नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, जीडीपीको ४५ प्रतिशतभन्दा बढी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ






प्रतिकृया