• ९ असोज २०८३, शुक्रबार
  • १२ः३९ राती

प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

प्रकाशित मिति

२०७७ माघ ११ गते, आईतवार १०:४४

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको छ।

National Life

आज मध्यान्ह १२ बजे स्थायी कमिटी बैठक बस्न लागेको हो।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आइतबार मध्यान्ह १२ बजे पेरिसडाँडामा स्थायी कमिटी बैठक बस्नेछ।   श्रेष्ठले शनिबार पदाधिकारीहरू अनौपचारिक रूपमा छलफलमा जुटेको पनि बताए।

Classic Tech Mobile
Classic Tech Desktop

आज बस्ने स्थायी कमिटीका एजेन्डाबारे उक्त बैठकमा छलफल भएको थियो।

प्रचण्ड-नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टिकरण सोधेको थियो। ओलीले जवाफ भने दिइसकेका छैनन्।

प्रचण्ड-नेपाल पक्षले यसअघि ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको थियो। स्पष्टिकरण नदिएमा पार्टीको साधारण सदस्य हटाउने निर्णय स्थायी कमिटीले गर्ने एक नेता बताउँछन्।

 

प्रतिकृया