चितवन प्रहरी प्रमुखलाई स्पष्टिकरण लिने तयारीमा बागमती प्रदेश प्रहरी प्रमुख
प्रकाशित मिति
२०७७ माघ ८ गते, बिहीबार ०७:२०
चितवनः चितवनका प्रहरी प्रमुख (एसपी) नान्तीराज गुरुङलाई बागमती प्रदेश प्रहरी कार्यालयले स्पष्टीकरण सोध्ने भएको छ ।
आफुले गर्दै नगरेको कामलाइ आफुले गरेको हुँ भनी मिडियाबाजी गराएपछि प्रदेश प्रहरी कार्यालयका प्रमुख (डिआइजी) वसन्त कुमार लामाले स्पष्टीकरण सोध्ने तयारी गरेका हुन् ।
लामाले भने, स्पष्टीकरणमा आफ्नु मातहतका प्रहरी इकाइलाइ सहि ढंगले परिचालन गर्न नसक्नुको कारण के हो ? र, प्रदेशले गरेको काममा मैले गरेको हुँ भनी किन प्रचार गरेको भनेर सोध्ने तयारी गरिएको छ ।
लामाले थपे, ‘आफुले पनि काम नगर्ने, हामीले गरेको कामलाइ पनि दाबी गर्ने रु घुससहित ३ जना प्रहरीलाई हामीले नियन्त्रणमा लिएका हौं, चितवन प्रहरीले होइन, मैले गरेको हुँ भनेर प्रचारबाजी गर्ने एसपी गुरुङलाई मैले बिहानै हप्काइसकेको छु, मैले प्रदेशकै जिम्मेवारी सम्हालिरहदा त्यसले जिल्लाको नेतृत्व सहि ढंगले निर्वाह गर्न सक्दैनन्, अनि प्रदेशले गरिरहेको काममा अनावश्यक हस्तक्षप किन गर्ने ?’
एसपी गुरुङले यस्तो सेयर गरेका थिए फेसबुकमा
प्रदेशबाट खटिएको टोलीले गरेको कामलाइ आफूले गरेको कामको रुपमा चित्रण गर्न खोज्ने चितवनका एसपी गुरुङले गरेको मिडियाबाजी उनकै फेसबुक एकाउन्ट र जिल्ला प्रहरी कार्यालय चितवनको आधिकारिक फेसबुक पेजबाट समेत पुस्टि हुन्छ । केही सञ्चारमाध्यममा प्रकाशित समाचार उनी आफैले सामाजिक सञ्जालमा शेयर गरेपछि प्रदेश प्रहरी कार्यालय भित्र यसले चर्चा पाएको हो ।






प्रतिकृया