• २५ भदौ २०८३, बिहीबार
  • ११ः५५ राती

घुस लिदै पसलेलाई लुकाउन दिने तीन प्रहरी निलम्बनमा

प्रकाशित मिति

२०७७ माघ ८ गते, बिहीबार ०७:०९

चितवनः चितवनमा तीन जना प्रहरी २ हजार १५० रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

National Life

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कायारर्त प्रहरी हवल्दार लोक बहादुर धर्ती मगर, महिला प्रहरी जवान जमुना खड्का र वर्डा प्रहरी कार्यालय नारायणगढमा कायारर्त प्रहरी जवान पुर्ण रस्मी मगर पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार अनुसार हवल्दार लोकबहादुर एक बर्ष अगाडी मात्रै चितवन ट्राफिक आएका थिए भने, अर्का महिला प्रहरी जवान जिल्ला प्रहरी कार्यालय चितवन दरबन्दी भइ जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा खटिदै आएकी थिइन् ।

Classic Tech Mobile
Classic Tech Desktop

पक्राउ परेकाहरुलाइ वाग्मती प्रदेश प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायब निरीक्षकको कमान्डमा खटिएको प्रहरीको विशेष टोलीले पार्किङ निषेध तथा रोक्न निषेध गरेको स्थानमा पार्किङ गरे वापत अटो रिक्सा, म्याजिक भ्यान लगायतका सवारी चालकहरुसँग रकम लिइसकेको अवस्थामा मंगलबार साँझ अन्दाजी ७ बजे नारायणगढको पुलचोकबाट पक्राउ गरिएको गरिएको प्रहरीको उच्च स्रोतले मातृभूमि न्यूजलाई बताएको छ ।

पक्राउ परेकाहरु निलम्बन भइसकेका छन् । पैसा संंकलनका लागी सवारी साधनका चालकहरुले पुलचोकको कालीगण्डकी किराना पसलका सञ्चालक राजेन्द्र पराजुलीलाई जिम्मा दिने गरेका थिए । उनलाई समेत नियन्त्रणमा लिइएको छ ।

घुस दिने छाहारी यातायात व्यवसायी समितिका अरुण गुरुङ, नारायणी यातायात व्यवसायी समितिका एकनाथ ढुङ्गाना र दीपक खड्की रहेका छन् । यस्तै, केरुङ यातायातका छिरिङ लामालाई प्रहरीलाई घुस दिएको अभियोगमा पक्राउ गरी पाँचै जनालाई अभद्र व्यवहारमा मुद्दा दर्ता लगाईएको छ ।

प्रतिकृया