सप्तरीः नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहका नेता महेश बस्नेतले केही दिनभित्रै मधेशवादी दलमा ठूलो परिर्वतन हुने भन्दै नेकपामा प्रवेशको लहर चल्ने दाबी गरेका छन् ।
बिहीबार सप्तरी सदरमुकाम राजविराजमा आयोजित युवा संघको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले यस्तो अभिब्यक्रि दिएका हुन् ।
बस्नेतले भने, “केही दिनभित्रै एउटा नयाँ समाचार सुन्नुहुनेछ । मधेशवादी दलमा निक्कै ठूलो पहिरो जानेछ । भुइँचालो जानेछ । र, नेकपामा प्रवेशको लहर आउनेछ ।’
उनले नेकपालाई टिपरसँग तुलना गर्दै भने टिपरसँग कहिलेकाहीं कालो चश्मा लगाएको मोटरसाइकलले निहुँ खोज्छ अनि टिपरले वास्ता गरेन भने बाटोमै अचार बनाइदिन्छ, ‘नेकपा अहिलेको टिपर हो । निहुँ खोज्नेहरु मोटरसाइकल हो । निहुँ नखोज्नुस् ।’
प्रतिकृया