• २५ भदौ २०८३, बिहीबार
  • ९ः२२ राती

जंगल युद्धकला सफल नेपाली सेनाको इतिहासमा पहिलो महिला सैनिक

प्रकाशित मिति

२०७७ माघ ८ गते, बिहीबार ०७:३६

काठमाडौंः नेपाली सेनाको इतिहासमा पहिलो पटक एक महिला सिपाहीले प्रतिविद्रोह तथा जंगल युद्धकला (जंगल वारफेर) तालिम पुरा गरेकी छन्।

National Life

१८ कात्तिकदेखि ६ माघसम्म भएको तालिममा राधिका थापाले महिलातर्फ पहिलो पटक तालिम लिएकी हुन्।

नेपाली सेनाका अनुसार २०६९ सालमा सेनामा प्रदेश गरेकी सिन्धुपाल्चोक मेलम्चीकी थापाले सैन्य आधार तालिमपछि उच्च स्तरको शारीरिक एवं मानसिक क्षमता चाहिने तालिममा सहभागी भएकी हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

उक्त तालिम तीन महिनासम्म चल्छ। तालिममा जंगल नेभिगेसन, धराप निर्माण, जंगल सर्भाइभल टेक्निक, सर्पदंश व्यवस्थापन लगायतका सैन्य तालिम दिइन्छ।

प्रतिकृया