• ११ असोज २०८३, आइतबार
  • १०ः५६ बिहान

भक्तपुरबाट ठूलो परिणाममा घरेलु मदिरा बरामद

प्रकाशित मिति

२०७७ माघ ५ गते, सोमबार ०७:१३

भक्तपुरः भक्तपुरको चाँगुनारायण नगरपालिका–२ झौखेलबाट प्रहरीले ठूलो मात्रामा घरेलु मदिरा बरामद गरेको छ ।

National Life

स्थानीय लक्ष्मी प्रसाद सुजखुको घर टहरामा घरेलु मदिरा बनाउने भट्टी सञ्चालनमा छ भन्ने बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग ब्यासी भक्तपुरबाट पुगेको प्रहरीले उक्त घरेलु मदिारा बरामद गरेको हो ।

प्रहरीले घरेलु मदिरा तयारी ५०० लिटर, तयारी कच्चा पदार्थ ४,००० लिटर, घरेलु मदिरा बनाउने मेटलका भाडाहरु, माटाका भाडाहरु समेत कानून बमोजिम बरामद गरी रक्सी भट्टी संचालक लक्ष्मी प्रसाद सुजखुलाई नियन्त्रणमा लिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

पक्राउ परेका सुजखुलाई आबश्यक कारवाहीको लागि अनुसन्धान भइरहेको छ ।

 

प्रतिकृया