• २५ भदौ २०८३, बिहीबार
  • ५ः१२ बेलुका

डोटीको प्रसिद्ध धार्मिक शक्तिपीठ शैलेश्वरी

प्रकाशित मिति

२०७७ माघ ३ गते, शनिबार ०२:१३

डोटी-  सुदुरपश्चिमकै प्रसिद्ध धार्मिक ऐतिहासिक तथा पर्यटकिय तिर्थ स्थल शैलेश्वरी मन्दिर डोटी जिल्ला सिलगढी दिपायल नगरपालिका वडा नं. १ शैलेश्वरीमा अवस्थित छ । यो मन्दिर यस क्षेत्रकै प्रमुख धार्मिक स्थल रुपमा रहेको छ । शैलेश्वरी मातालाई साक्षत देवीको उपमा दिइन्छ ।

National Life

यो मन्दिलाई नेपालको सूदूर पश्चिमका नौ भगवतीहरूका मन्दिरहरूमा एक मन्दिर मानिन्छ । यहाँ देवीको नित्य पुजा सिलगाउ निवासी भट्ट ब्राह्मणद्वारा गरिन्छ । शैलेश्वरी देशकै प्रसिद्ध शक्तिपीठ मध्येको एक हो । यहाँ दिनहुँजसो पूजाआजा गर्नेको बाक्लो घुँइचो लाग्छ ।

शैलेश्वरी माता पृष्ठभूमि भगवान शिव र माता पार्वती आफ्नो विवाह पश्चात मधुचन्द्रिकाका निम्ति यस डोटी जिल्लामा अवस्थित रमणिय चन्द्रगिरी पर्वतलाई रोज्नु भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

ब्रह्मा विष्णु लगायत विभिन्न देवताहरू भगवान शिवको खोजि गर्दै यहाँ आई पुग्दा माता पार्वतीले देवताहरूलाई देखेर लज्जास्वरुप शिला बनेको हुनाले त्यसै बेला देखि यसलाई शिलादेवी अर्थात शैलेश्वरी देवी भनेर भनिएको थियो ।

 

 

 

प्रतिकृया