• ११:१९ २०८० चैत्र १६ गते
  • 11:19 am

उत्तर कोरियाद्धारा पनडुब्बी क्षेप्यास्त्र सार्वजनिक

प्रकाशित मिति

२०७७ माघ ३ गते, शनिबार ०२:५१

25 e1610787986322

एजेन्सी- उत्तर कोरियाले सैन्य परेडमा नयाँ घातक पनडुब्बी क्षेप्यास्त्र सार्वजनिक गरेको छ । अमेरिकी नव–निर्वाचित राष्ट्रपति जो वाइडेनको सपथ ग्रहण हुनु अगावै उत्तर कोरियाले आफ्नो नयाँ पनडुब्बी बलिस्टिक क्षेप्यास्त्र शुक्रबार सार्वजनिक गरेको त्यहाँका सञ्चार माध्यमले जनाएको छ ।

उत्तर कोरियाली सत्तारुढ दलको पाँचौ सभामा भएको परेडको दौरान उक्त क्षेप्यास्त्रलाई सर्वजनिक गरिएको हो । उत्तर कोरियाली सञ्चार माध्यमले जनाकारी दिए अनुसार विश्व कै घातक क्षेप्यास्त्र उत्तर कोरियाले निर्माण गरेको छ ।

क्षेप्यास्त्रको नाम न्यु पुक्गुसोङ राखिएको छ । त्यसगरी परेडमा विश्व कै शत्तिशाली रकेटको नमुना पेश गरिएको जनाइएको छ । जसले शक्तिशाली रुपमा आफ्नो दुश्मनलाई निशाना बनाई प्रहार गर्ने छ ।

परेडमा विभिन्न नयाँ किसिमका कम तथा लामो दूरीको क्षेप्यास्त्रहरुलाई सार्वजनिक गरिएको थियो । बाइडेन ओबामा जस्तै नितीमा अग्रसर देखिएको र नेता किमलाई ओबामा सरकारले ठगको संज्ञा सेमत दिएको थियो यस कारण अमेरिकी नयाँ नेतृत्वले प्याङयोङलाई चुनौती दिन सक्ने कारण आफ्नो तयारी पूर्ण रुपले गरिरहेको जनाइएको छ । नेता किमले आफ्नो हतियार कार्यक्रमलाई तीव्रता दिइरहेको जनाइएको छ ।

प्रतिकृया