• १६:०० २०८० चैत्र १६ गते
  • 4:00 pm

भक्तपुरको मध्यपुरथिमि नगरभित्रका विद्यालय आइतबारदेखि सञ्चालन हुने

प्रकाशित मिति

२०७७ माघ २ गते, शुक्रबार ०२:२५

school e1618740646180

भक्तपुरः कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेका भक्तपुरको मध्यपुरथिमि नगरभित्रका विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन् ।

मध्यपुरथिमि नगर शिक्षा समितिको गत सोमबार बसेको बैठकले नेपाल सरकारद्वारा जारी विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ अनुसार स्वास्थ्य मापदण्ड पूरा गर्दै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

नगर शिक्षा समितिको बैठकले माघ ४ गतेदेखि विद्यालय सञ्चालन गर्ने गरिएको निर्णयानुसार विद्यालय सञ्चालनमा आउन लागेको नगरपालिकाले जनाएको छ ।

यसका लागि मध्यपुरथिमि नगरपालिकाले ७ बुँदे निर्देशिकासमेत जारी गरेको छ । नगरपालिकाले जारी गरेको निर्देशिकामा विद्यालय सञ्चालन सम्बन्धी ढाँचा–२०७७ को बुँदा नं ३ अनुसार विद्यालय सञ्चालन पूर्व गर्नुपर्ने सबै तयारी पूरा गर्नुपर्ने, विद्यार्थी सङ्ख्या र भौतिक उपलब्धताका आधारमा स्वास्थ्य मापदण्ड पालना हुने गरी आवश्यकताअनुसार विद्यालय सञ्चालन सम्बन्धी कार्ययोजना विद्यालय व्यवस्थापन समितिबाट स्वीकृत गरी लागू गर्नुपर्ने उल्लेख गरिएको छ ।

प्रतिकृया