• २४ भदौ २०८३, बुधबार
  • ३ः२१ दिउँसो

अमेरिकी राष्ट्रपतिहरुका बारेमा केही रोचक तथ्यहरु हेर्नुस्

प्रकाशित मिति

२०७७ माघ १ गते, बिहीबार १२:५२

एजेन्सी, सन् १९५१ मा अमेरिकी संविधानमा भएको संशोधन पश्चात् अमेरिकामा एक व्यक्ति चुनाव जितेर अधिकतम दुईपटक सम्म राष्ट्रपति बन्न सक्ने व्यवस्था छ । हालसम्म अमेरिकामा ४४ जना व्यक्ति राष्ट्रपति बनिसकेका छन् र ती राष्ट्रपतिहरुका विभिन्न खाले रोचक सन्दर्भहरु छन् । अमेरिकी राष्ट्रपतिका बारेमा केही रोचक तथ्य यस्ता छन् :

National Life

१. अमेरिकामा हालका राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति बन्ने ४५औँ व्यक्ति हुन् । तर राष्ट्रपति बनेका व्यक्तिको संख्या गणना गर्ने हो भने उनी ४४औँ व्यक्ति हुन् ।

आखिर अहिलेसम्म केवल ४४ व्यक्तिमात्र अमेरिकी राष्ट्रपति बन्दा डोनाल्ड ट्रम्प ४५औँ व्यक्ति बने त ? यसको कारणचाहिँ ग्रोभर क्लेभल्याण्ड हुन् । क्लेभल्याण्ड एकैजना व्यक्ति भए पनि उनलाई दुईजना राष्ट्रपतिको रुपमा गणना गरिन्छ । उनी अमेरिकाको २२औँ र २४औँ राष्ट्रपति बनेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

उनी लगातार दुई कार्यकाल राष्ट्रपति नभइ बीचमा एक कार्यकाल छाडेर अर्को कार्यकाल मात्र राष्ट्रपति बनेको हुँदा उनलाई दुई फरक राष्ट्रपतिको रुपमा गणना गरिन्छ अमेरिकी इतिहासमा ।

क्लेभल्याण्ड सन् १८८५ देखि १८८९ सम्म पहिलो कार्यकाल र सन् १८९४ देखि १८९७ सम्म दोश्रो कार्यकालका लागि राष्ट्रपति बनेका थिए । उनको दुई कार्यकालको बीचमा बेन्जामिन ह्यारिसन अमेरिकाको २३ औँ राष्ट्रपति बनेका थिए ।

२. अमेरिकाका ९ जना राष्ट्रपतिहरुले कहिल्यै पनि कलेज पढेनन् । कलेजस्तरसम्म नपढ्ने राष्ट्रपतिहरुमा जर्ज वाशिङटन, एन्ड्रयू ज्याक्सन, मार्टिन बरेन, जेड टेलर, मिलार्ड फिमोरे, अब्राहम लिंकन, ए जोनसन, क्लेभल्याण्ड र ह्यारी एस ट्रयूम्यान हुन् ।

३. बाराक ओबामा अमेरिकाका पहिलो अश्वेत राष्ट्रपति हुन् । उनको जन्म अमेरिकाको हवाइ टापुमा भएको थियो ।

४. सबैभन्दा कम उमेरमा अमेरिकाको राष्ट्रपति बन्ने व्यक्ति थियोडोर रुजवेल्ट हुन् । जो ४२ वर्षको उमेरमा राष्ट्रपति बनेका थिए । त्यस्तै सबैभन्दा पाको उमेरमा राष्ट्रपति बन्ने व्यक्तिचाहिँ डोनाल्ड ट्रम्प हुन् । जो ७० वर्षको उमेरमा अमेरिकी राष्ट्रपति बनेका थिए ।

तर यदि यो पटक जोए बाइडेनले चुनाव जिते भने उनले सबैभन्दा पाको उमेरमा राष्ट्रपति बन्ने कीर्तिमानको रचना गर्नेछन् । किनकि बाइडेनको उमेर ७७ वर्ष छ ।

५. सबैभन्दा अग्लो जीउडाल भएका अमेरिकी राष्ट्रपति अब्राहम लिंकन हुन् । उनको कद ६ फिट ४ इन्च थियो । सबैभन्दा होचा अमेरिकी राष्ट्रपतिचाहिँ चौथो राष्ट्रपति जेम्स म्याडिसन हुन् । उनको जीउको उचाइँ ५ फुट ४ इन्च थियो ।

६. अहिलेसम्म ८ जना अमेरिकी राष्ट्रपतिहरु लेफ्टी अर्थात् बायाँहाते रहेका छन् । दायाँभन्दा बायाँ हात बढी चल्ने अमेरिकी राष्ट्रपतिहरुमा जेम्स ए गारफिल्ड, ह्यार्बर्ट हूभर, ह्यारी एस ट्रयूम्यान, जेराल्ड फोर्ड, रोनाल्ड रेगन, जर्ज बुस, बिल क्लिन्टन र बाराक ओबाम रहेका छन् ।

७. हालसम्मका अमेरिकी राष्ट्रपतिहरुमध्ये जेम्स बुखानन एकमात्र अविवाहित राष्ट्रपति हुन् । त्यस्तै डिभोर्स गरेर एकल पुरुष बनेका राष्ट्रपति रोनाल्ड रेगन हुन् ।

अमेरिकाका ६ जना राष्ट्रपति निसन्तान रहे भने १२ औँ राष्ट्रपति ज्याचरी टेलर सबैभन्दा धेरै सन्तान हुन अमेरिकी राष्ट्रपति हुन् । उनका १५ जना सन्तान थिए ।

८. अमेरिकाका नवौँ राष्ट्रपति डब्ल्यू ह्यारिसन केवल एक महिनामात्रै राष्ट्रपतिको पदमा रहेका थिए । ४ मार्च १८४१ मा राष्ट्रपति बनेका ह्यारिसनको ४ अप्रिल १८४१ का दिन मृत्यु भएको थियो ।

९. हालसम्म ४ जना अमेरिकी राष्ट्रपतिहरुको पदमै रहँदा हत्या भएको छ । राष्ट्रपति पदमै बहाल रहँदा हत्या भएका अमेरिकी राष्ट्रपतिहरुमा अब्राहम लिंकन, जेम्स ए गारफिल्ड, विलियम म्याकिन्ले र जोन एफ केनेडी हुन् । एजेन्सीको सहयोगमा

प्रतिकृया