• 4:39 am

अटो रिक्सा दुर्घटनामा एक जनाको मृत्यु

प्रकाशित मिति

January 13, 2021

डोटी: डोटीको शिखर नगरपालिका– ८ तिलताली नजीक अटो रिक्सा दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । चार जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा शिखर– ३ का ५३ वर्षीय पदम जोराको मृत्यु भएको हो । घाइते हुनेमा शिखर–३ का १८ वर्षीय अर्जुन पार्की, सोही वडाका अटो चालक ४१ वर्षीय दीपक जोरा, ४० वर्षीय जीत जोरा र १७ वर्षीय नरेश पार्की रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्द्रबहादुर मल्लले जानकारी दिए ।

घाइतेमध्ये दुई जनालाई जिल्लामा उपचार हुन नसकेपछि कैलाली सिफारिश गरिएको तथा दुई जनाको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

अटोमा सात जना सवार रहेको र अन्य दुई जना भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया