• १४ असोज २०८३, बुधबार
  • ८ः३९ राती

बेलडाँगीको भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा एकको मृत्यु

प्रकाशित मिति

२०७७ पुष २८ गते, मंगलवार ०९:५३

झापा:बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा आगलागीमा जलेर एकजनाको मृत्यु भएको छ ।

National Life

जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति अचानक आगलागीमा परेर मृत्यु हुनेमा शिविरको सेक्टर नं डि ४, छाप्रा नं ३२५ बस्ने ६० वर्षीय देशमान राई रहेका छन् । मृतक पक्षघातका बिरामी थिए ।

बाँसको टाटीले बारेको टिनको छाना भएको एकतले छाप्रामा बस्दै आएका उनको घटनास्थल मै जलेर मृत्यु भएको प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

उक्त आगलागीबाट छाप्रा नष्ट हुँदा छाप्राभित्र रहेको सुन एक तोला, चाँदी १० तोला, नगद रु तीन लाखसहित खाद्यान्न तथा लत्ताकपडा पूर्णरुपमा जली नष्ट हुँदा करिब रु आठ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया