• १३ असोज २०८३, मंगलबार
  • ४ः०९ बेलुका

‘जनतामा निराशा हटाउन ताजा जनादेश’

प्रकाशित मिति

२०७७ पुष २८ गते, मंगलवार ०७:३५

बारा:उपप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य ईश्वर पोखरेलले निरन्तरको षडयन्त्रले जनता निराश भएपछि प्रधानमन्त्रीले ताजा जनादेशको बाटो रोजेको बताएका छन् ।

National Life

नेकपा जिल्ला कमिटी बाराद्वारा सोमबार कलैयामा आयोजित जनसभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले संविधान कमजोर बनाउने षडयन्त्र भइरहेको हुँदा सो षडयन्त्रविरुद्ध आफूहरू जनतासमक्ष जान तयार भएको स्पष्ट पारे। प्रधानमन्त्रीले मुलुकमा नयाँ नेतृत्व ल्याउन खोजेपछि नेकपाका केही नेतालाई सह्य नभएको स्पष्ट पारे ।

उनले महामारीका कारण सीमा आसपासका जनता निराश बनेको चर्चा गर्दै केन्द्रीय विपद् व्यवस्थापन समितिसँग समन्वय गरेर बाराको मटिअर्वा र सिम्रौनगढको नाका खोल्ने बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रममा सहरी विकासमन्त्री प्रभु साहले अब निर्वाचन कसैले रोक्न नसक्ने दाबी गर्दै निर्वाचनको तयारीमा जुट्न आह्वान गरे । कार्यक्रममा नेकपा प्रदेश २ का इन्चार्ज एवं नेकपा स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले नेकपाका केही नेताले आफ्नो स्वार्थ र पदका लागि नेपाललाई असफल राष्ट्र बनाउन खोजेको आरोप लगाए।

पार्टीका केन्द्रीय सदस्य एवं बारा जिल्ला इन्चार्ज बलवीर चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतो, राष्ट्रिय सभाका सदस्य सुमन प्याकुरेल, पार्टी स्थायी कमिटी सदस्य रघुवीर महासेठ, प्रदेश सभा सदस्य ज्वालाकुमारी साह, त्रिलोकी चौधरी, महम्मद समीरलगायतका नेताले निर्वाचन नै अबको निकास भएको स्पष्ट पारे।गोरखापत्र दैनिकबाट

प्रतिकृया