• ११ असोज २०८३, आइतबार
  • ९ः३४ राती

बैंग्लुरू आइपुग्यो सान फ्रान्सिस्कोबाट महिलाले मात्र उडाएको जहाज

प्रकाशित मिति

२०७७ पुष २७ गते, सोमबार ०१:०२

एजेन्सी: सोमबार बिहान ३ बजेर ४५ मिनेटमा बैंग्लुरू विमानस्थलमा एयर इन्डियाको फ्लाइट नम्बर एआई १७६ को जहाज ल्याण्ड भयो। अमेरिकाको सान फ्रान्सिस्कोबाट आएको उक्त जहाजको अवतरणसँगै भारतीय उड्ययन क्षेत्रमा नयाँ रेकर्ड बनेको छ। सानफ्रान्सिस्कोबाट बैंग्लुरूको यो पहिलो सिधा उडान हो। तर यो महत्वपर्ण अर्को रेकर्ड हो- उक्त जहाजको ककपिटमा महिलामात्र थिए।

National Life

क्याप्टेन जोयल अग्रवालले नेतृत्व गरेको चालक दलका सदस्य पापागरी थानमाई, अनुष्का सोनावयर र शिवानी मानहसले झन्डै १७ घन्टा उडान गरेर जहाज ल्याएका हुन्। १० वर्ष ककपिटको अनुभव सम्हालेकी क्याप्टेन अग्रवालले ८ हजार घन्टा उडान भरेकी छन्। उनले बोइङ ७७७ जहाज पनि उडाएकी छन्।

जहाज अवतरण भएपछि भारतका केन्द्रीय उड्ययन मन्त्री हरदीपसिंह पुरीले हाम्रो नारी शक्तिले ऐतिहासिक उपलब्धि गरेको उल्लेख गर्दै ट्वीट गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

एयर इन्डियाले उनीहरूको प्रशंशामा ट्वीट गरेको छ- कल्पना गर्नुस्: ककपिटमा सबै महिलामात्रै। भारतकै सबैभन्दा लामो उडान। उत्तरी ध्रुव पार गरेर यो यहाँ आइरहेको छ। इतिहास लेखिएको छ।

एयर इन्डियाका एक अधिकारीले आफ्नो कम्पनी र अरू कुनै भारतीय एयरलायन्स कम्पनीले गर्ने यो संसारकै लामो उडान भएको बताएका छन्। सानफ्रान्सिस्को-बैंग्लुरू उडान समय १७ घन्टाको हुन्छ।

सूचना प्रविधिमा ख्याति कमाएका यी दुई सहरबीच अब हप्तामा दुइटा नियमित उडान हुने जनाइएको छ।

प्रतिकृया