• 5:52 am

नेपाल बैंकले ऋणपत्र निष्कासन गर्दै

प्रकाशित मिति

२०७७ पुष २७ गते, सोमबार १२:४७

nepalbank1 e1614908033479

काठमाडौं: नेपाल बैंक लिमिटेडले ऋणपत्र निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
बैंकले १० वर्ष अवधिको लागि ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ‘१० वर्ष, ५ प्रतिशत नेपाल बैंक ऋणपत्र, २०८७’ नाम गरेको ३५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न धितोपत्रमा निवेदन दिएको जनाएको छ ।

त्यसमध्ये बैंकले विभिन्न संघसंस्थालाई २१ लाख कित्ता र १४ लाख कित्ता सर्वसाधारणको लागि बिक्रि गर्ने जानकारी दिएको छ ।

प्रतिकृया