डा. केसी सडकमाः न्याय मरेकै हो त देशमा !
प्रकाशित मिति
२०७७ पुष २५ गते, शनिबार ०३:३३
काठमाडौं, चिकित्सक एवं सामाजिक अभियन्ता डा. गोविन्द केसीले संविधानको रक्षा गर्नु जनताको कर्तव्य भएको बताएका छन्।
प्रतिनिधि सभा विगठनविरुद्ध शनिबार सोलिडारिटी फर गोविन्द केसी अलाइन्सले काठमाडौँको माइतीघरमा गरेको विरोध प्रदर्शनमा डा. केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको शैली ‘श्री’ ७ को जस्तो भएको बताए। माइतीघरमा नारा प्रतिनिधि सभा मार्न पाइँदैन, निरंकुश सरकार चाहिँदैन’
उनले श्री ५ वाला राजा फाल्ने जनताले ओलीलाई पनि फाल्ने चेतावनी दिए। ‘ओलीको व्यवहार श्री ७ महाराजको जस्तो भएको छ’, उनले भने, ‘जनताले श्री ५ महाराजलाई त फाले अब श्री ७ महाराजलाई पनि फाल्छन्।’

डा. केसीले प्रधानमन्त्री ओेलीमा सत्ताको उन्माद चढेको बताउँदै उनलाई जनताले दण्डित गरेरै छाड्ने बताए। उनले प्रतिनिधि सभा विघटनको मुद्दा अदालतमा पुगेको भन्दै उदालतले असंवैधानिक कदम सच्याउनेमा आफूहरु विश्वस्त रहेको बताए।
‘प्रतिनिधि सभा मार्न पाइँदैन, निरंकुश सरकार चाहिँदैन’, ‘संवैधानिक सर्वोच्चता कायम गर, संविधानविरुद्धको षड्यन्त्र बन्द गर’, ‘न्यायिक सुशासन कायम गर’, ‘संविधानवादको रक्षा गर’ लगायतका नारासहित प्रदर्शन गरिएको थियो।








प्रतिकृया