• ७ असोज २०८३, बुधबार
  • ६ः०२ बेलुका

तिनाउ मिसनलाई सिटिजन बैंकले प्राप्ति गर्ने अन्तिम सम्झौता

प्रकाशित मिति

२०७७ पुष २३ गते, बिहीबार ०३:४९

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने भएको छ । यस सम्वन्धमा बुधबार दुई पक्षबीच अन्तिम सम्झौता गरिएको छ ।

National Life

बैंक संचालक, मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र तिनाउ मिसन डेभलपमेन्ट बैंकका संचालक, मर्जर तथा प्राप्ति समितिका संयोजक राजेन्द्रप्रसाद ओझाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

दुवै बैंकले आ(आफ्नो विशेषरसाधारण सभाबाट प्राप्तिसम्बन्धी विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृतिपछि एकीकृत कारोबार सुरु गरिने बैंकले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

दुवै बैंकले गत १ कात्तिकमा प्राप्तिका लागि प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेको थियो ।

अहिले सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिब १ सय २४ अर्ब रुपैयाँ पुग्नेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिव १ सय २ अर्ब रुपैयाँ पुग्नेछ । प्राप्तिपछि बैंकको कुल १ सय ६३ शाखा हुनेछ ।

सहमतिअनुसार तिनाउ मिसन डेभलपमेन्ट बैंकका शेयरधनीले १ सय कित्ता शेयर बराबर सिटिजन्स बैंकको ९६ कित्ता शेयर पाउनेछन् ।

प्रतिकृया