• ९ असोज २०८३, शुक्रबार
  • ६ः३२ बिहान

गलत गर्नेलाई परास्त गर्नुपर्छ : मन्त्री भट्ट

प्रकाशित मिति

२०७७ पुष २३ गते, बिहीबार ०३:४१

सुदूरपश्चिम- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पार्टीमा गलत प्रवृत्ति देखाउनेलाई परास्त गर्नमा एकजुट हुन नेकपाका नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

National Life

धनगढीमा आज आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सुदूरपश्चिम प्रदेश कमिटीको चौथो बैठकलाई सम्बोधन गर्दै सो पार्टीका प्रदेश संयोजकसमेत रहेका मन्त्री भट्टले अब आफूहरु जनताको विश्वास जित्ने युद्धमा लागेको बताए ।

“अब जनताको विश्वास हार्ने छुट कसैलाई छैन ।” उनले भने । बैठकमा वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले, नेकपा प्रदेश अध्यक्ष कर्णबहादुर थापालगायतले पनि बोल्नुभएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

बैठकले नेकपा दाहाल– नेपाल पक्षका सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीमबहादुर रावलसहितका पदाधिकारीले पार्टीको आचरणविरुद्ध काम गरेको भन्दै उहाँहरुलाई पदबाट हटाउन सिफारिश गर्नेलगायत निर्णय गरेको प्रदेश अध्यक्ष थापाले बताए ।रासस

प्रतिकृया