• ८ असोज २०८३, बिहीबार
  • ८ः५६ राती

बार्सिलोना विजयी मेस्सीको दुई गोलमा 

प्रकाशित मिति

२०७७ पुष २३ गते, बिहीबार ०३:३१

काठमाडौं -लियोनेल मेस्सीको दुई गोलमा एथ्लेटिक बिल्बाओलाई पराजित गर्दै बार्सिलोना ला लिगाको तेस्रो स्थानमा उक्लिएको छ । खेलमा अग्रता भने बिल्बाओले लिएको थियो ।

National Life

तेस्रो मिनेटमा नै इनाकी विलियम्सले बिल्बाओलाई अग्रता दिलाएका थिए । तर, लगत्तै पेड्रीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए । दुईपटक पोष्टमा हिर्काएपछि खेलको ३८ औँ मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।

दोस्रो हाफमा अर्को गोल गर्दै मेस्सीले बार्साको अग्रता फराकिलो । बनाए । खेलको अन्तिम मिनेटमा इकेर मुनायिनले बिल्बाओका लागि अर्को गोल थपे पनि हारबाट जोगाउन सकेनन् । बार्सिलोना ला लिगामा पछिल्ला ७ खेलमा अपराजित रहेको छ जसमध्ये ५ मा जीत र दुईमा बराबरी गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया