किसानलाई समयमै मल उपलब्ध गराउनु पहिलो प्राथमिकताः मन्त्री अर्याल
प्रकाशित मिति
२०७७ पुष २१ गते, मंगलवार ०५:०५
काठमाडौंः कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले पहिलो प्राथमिकता किसानलाई समयमै मल उपलब्ध गराउनुपर्ने बताएकी छन् ।
मन्त्रालय अन्तर्गत संस्थान, वोर्ड, समिति तथा परियोजनाहरुको गतिविधिका बारेमा जानकारी लिने क्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।
यो वा त्यो कारण देखाएर कोहीपनि जिम्मेवारीबाट मुक्त हुन नसक्ने भन्दै उनले किसानका समस्या समयमै समाधान हुनेगरी कार्ययोजना बनाएर अगाडी बढ्न कर्मचारीहरुलाई निर्देशन दिइन् ।
अहिले नै काम नगरेमा भोली समयमा किसानले मल पाउन नसकेमा मन्त्रालयअन्तर्गतका अरु जतिपनी प्रगती देखिएपनी त्यसले सही मानेमा प्रगती नठहर्ने समेत बताइन् ।
‘आज गयो भोली गयो समय गइरहन्छ । ठ्याक्कै सिजन आइसकेकोपछी रुवाबासी शुरु हुन्छ’, मन्त्री अर्यालले भनिन्, ‘ किसानलाई मल दिन सकिएन भने, तपाई हामीले जति दुख गरेपनि, जति प्रगती गरेपनी देखिदैन । त्यसकारण समयमा मल किसानलाई पु¥याउने सन्दर्भमा गम्भीर भएर काम गर्नुस् ।’








प्रतिकृया