विदेशीले हैन देशभित्रकै ब्वाँसाले देश सिध्याएः रमेश खरेल
प्रकाशित मिति
२०७७ पुष २१ गते, मंगलवार ०३:२२
काठमाडौंः नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेलले देशलाई विदेशीले हैन देशभित्रैकाले सिध्याएका बताएका छन्।
मंगलबार राजधानीमा काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खरेलले देश झन् कमजोर अवस्थामा पुगेको बताउँदै यस्तो प्रतिकृया दिएका हुन् ।
उनले पृथ्वीनारायण शाहले देशमा विदेशी ब्वाँसा पस्न नदिऊँ भनेको कुरा आफुले अहिले स्मरण गरेको भन्दै भने, ‘मलाई पृथ्वीनारायण शाहले देशमा विदेशी ब्वाँसा पस्न नदिऊँ भन्ने कुराको स्मरण आयो, अहिलेले ठ्याक्कै यसको उल्टो भएको छ देशभित्रैका व्वाँसाहरुले सिध्याउन लागेका छन् ।’
अहिले देशको राष्ट्रियता र मौलिकतामा प्रश्न उठेको भन्दै पृथ्वीनारायण शाहको सालिक तोडफोड गरेर देशको स्वाभिमानको अवमूल्यन भएको र यसलाई सहन नसकिने समेत उद्घोष गरे ।
कार्यक्रममा आगामी पुस २७ गते मनाइने पृथ्वी जयन्तीको दिन गरिने विभिन्न कार्यक्रम सार्वजनिक गरिएको थियो ।
्







प्रतिकृया