• ९ असोज २०८३, शुक्रबार
  • ३ः१२ दिउँसो

ओलीले गर्दा हामी धुरुधुरु रोएर बस्यौंः अध्यक्ष नेपाल

प्रकाशित मिति

२०७७ पुष २१ गते, मंगलवार ०३:०५

काठमाडौंः नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सबैलाई सिद्धाउने बाटोतर्फ लागेको बताएका छन् ।

National Life

मंगलबार काठमाडौंमा जनता समाजवादी पार्टीले गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेपालले ओलीले यो व्यवस्थालाई नै सिद्धाउने खेलमा लागेको र खेलको सुरुवात पार्टीभित्रैबाट गरेको आरोप समेत लगाए ।

संघीयता, गणतन्त्र मन नपरेका ओलीलाई सत्ता सञ्चालन गर्ने परिस्थिति बनेको भन्दै उनले यो परिस्थिति नचिताएको दुःखद भएको नेपालले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

‘ओलीले संविधान मिच्ने, निरंकुश र स्वेच्छाचारी काम गर्नुभयो। उहाँलाई पार्टीले अनुशासनको कारवाही गरेर पार्टीबाट बर्खास्त गरिसकेको छ,’ उनले भने।

उहाँलाई माया लागे नेकपा ओली गुट भनिदिए हुन्छ,’ उनले भने, ‘उहाँलाई कम्युनिष्ट पार्टी पनि मन पर्दैन। कतिदिन नेकपा रहने हो। उहाँ गणतन्त्र, समावेशी, संघीयताप्रेमी होइन। तर विडम्बना उहाँ नै अध्यक्षमा आसिन हुनुभयो हामी धुँरूधुँरू रोएर बस्यौं।’

 

प्रतिकृया