जेसीआइको ४३ औं पदस्थापना तथा पुरस्कार वितरण सम्पन्न,नव निर्वाचित अध्यक्ष रिंकु बज्राचार्य श्रेष्ठद्वारा शपथ ग्रहण
प्रकाशित मिति
२०७७ पुष २० गते, सोमबार १०:३३
काठमाडौ,जेसीआइ काठमाडौँ लेडी नेपालको ४३ औं पदस्थापना तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । प्रमुख अतिथीद्वय हास्य व्यंग्य सम्राट मदन कृष्ण श्रेष्ठ, हरिबंश आचार्य ,नेपाल जेसिस बर्ष २०२१ का महासचिब जेसीआइ सिनेटर बिकाश मानन्धर तथा नेपाल जेसिस २०२१ का एरिया सी का लागि निरुपित राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष शिब प्रसाद भूसालको आतिथ्यमा ललितपुर,बखुन्डोलस्थित सांग्रिला ब्लु होटेलमा सो कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा २०० जना जेसी तथा आगन्तुक महानुभावहरुको उपस्थितिमा २०२० का अध्यक्ष जेसी नगीना नकर्मीले बर्ष २०२१ का नव निर्बाचित अध्यक्ष रिंकु बज्राचार्य श्रेष्ठलाई अध्यक्ष पदको शपथ ग्रहण गराउदै अध्यक्ष पदको हस्तान्तरण गरिएको थियो।
नव निर्बाचित अध्यक्ष रिंकु बज्राचार्य श्रेष्ठले आफ्नो नेतृत्व र व्यक्तित्वको बिकाश गर्नु अन्तरास्ट्रिय सामाजिक संस्था जेसीआई काठमाडौँ लेडी नेपालको मुख्य उदेश्य भएको कुरा बताउनु भयो । साथै वहांले उक्त उदेश्यको लागि संस्थाले स्थापना काल देखी नै महिला व्यक्तित्व तथा नेतृत्व बिकाशको लागि बिभिन्न क्षेत्रहरुमा बिभिन्न प्रभाबकारी तालिम तथा कार्यक्रमहरु संचालन गर्दै आएको कुराको जानकारी गराउनु भएको थियो । आजको बदलिदो परिस्थितिमा महिलाहरुको बिकाश गर्नको लागि आर्थिक, सामाजिक, राजनैतिक आदि सबै क्षेत्रहरुमा संलग्नता र सहभागिताको खांचो रहेको कुरा कार्यक्रममा नव निर्वाचित अध्यक्ष श्रेष्ठले जानकारी गराउनु भयो ।
नारी यस्तो व्यक्तित्व हो जसको जिनमा असम्भव भन्ने शब्द नै हुदैन। नारीलाई भगवान मल्टि ( टास्क गर्न सक्ने ब्रेन फिट गरेर पठाएको छ , खालि अवसर को मात्र खाचो रहेको छ’, कार्यक्रममा उहांले भन्नुभयो ।
उक्त कार्यक्रममा प्रमुख अतिथीद्वय , मह जोडीले मिलेर काम गर्दा धेरै काम गर्न सकिने र एक अर्कालाई सपोर्ट नि हुने बताउनु भएको थियो। शासन व्यक्तिको होइन बिधि को हुनु पर्छ भने मूल नारा बोकेका जेसिस अभियान्ताहरु नै अघि बढ्नु पर्छ भनेर नव निर्वाचित अध्यक्षलाई बधाई एवं शुभकामना दिनु भएको थियो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष नगिना नकर्मीले आफ्नो कार्यअवधिभर साथ् र सहयोग प्रदान गर्ने सम्पूर्णलाई धन्यवाद साथै २०२० का बोर्डलाई धन्यवाद पनि दिनु भयो। निवर्तमान अध्यक्ष नकर्मीले २०२१ का नव निर्वाचित पदाधिकारीहरुलाई शुभकामना पनि व्यक्त गर्नु भएको थियो।
कार्यक्रमको संचालन स्तुति बुढाथोकी र सिल्वी नकर्मीले गर्नु भएको थियो। उक्त कार्यक्रममा जेसिस आस्था पाठ अर्चना मुनंकर्मी श्रेष्ठले गर्नु भएको थियो।
उक्त कार्यक्रममा अतिथीलाई स्वागत मन्तव्य सोनी श्रेष्ठले गर्नु भएको थियो भने धन्यवाद ज्ञापन अप्सरा आचार्यले गर्नु भएको थियो।







प्रतिकृया