• ७ असोज २०८३, बुधबार
  • ९ः३३ राती

मन्त्री प्रभु साह सवार गाडीले सर्लाहीमा पैदलयात्रीलाई ठक्कर दिएर भाग्यो

प्रकाशित मिति

२०७७ पुष १८ गते, शनिबार ०३:३६

सर्लाही-  सहरी विकास मन्त्री प्रभु साह सवार गाडीले सर्लाहीमा एक पैदल यात्रीलाई ठक्कर दिएर भागेको छ । मन्त्री साह सवार ना १ झ ३८४२ नम्बरको जिपले हरिवनस्थित पूर्व–पश्चिम राजमार्गमा पैदल हिँड्दै गरेका लालबन्दी नगरपालिका–८ का ३० वर्षीय बच्चु तामाङलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

National Life

सर्लाहीका एसपी सन्तोष राठौरका अनुसार घाइते भएका तामाङको अवस्था समान्य छ । उनको नमुना अस्पताल हरिवनमा उपचार भइरहेको छ । मन्त्री साह रौतहटबाट महोत्तरीको जलेश्वरतर्फ जाँदै गर्दा दुर्घटना भएको हो ।

स्थानीय प्रत्यक्षदर्शीले तामाङको उद्धार गर्न लाग्दा जिप भागेको थियो ।  एसपी राठौरले भने  ‘घटनाबारे हामीले माथि जाहेर गरिसकेका छौँ  घाइतेको अवस्था समान्य छ,’  ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया