• १० असोज २०८३, शनिबार
  • १०ः११ राती

मोटरसाइकलमा सवार कैलालीका आमाछोरामाथि बाघको आक्रमण, आमा बेपत्ता

प्रकाशित मिति

२०७७ पुष १८ गते, शनिबार ०२:०९

धनगढी,मोटरसाइकलमा सवार कैलालीका आमाछोरामाथि पाटेबाघले आक्रमण गरेको छ।

National Life

जिल्लाको लम्किचुहा नगरपालिका–४ का युवक र उनकी आमा ५० वर्षीय नन्कला थापामाथि बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने अम्रेनी पोष्टदेखि ६ किलोमिटर पश्चिम कुँवाभार नजिक बाघले आक्रमण गरेको हो।

मोटरसाइकलमा रहेकी महिलालाई पाटेबाघले झम्टेर लगेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

आमाछोरा मोटरसाइकलमा घरतर्फ आउन लागेका बेला शुक्रबार राति करिब साढे ८ बजेतिर महिलालाई पाटेबाघले आक्रमण गरेर लगेको बताइएको छ।

मोटरसाइकल चलाइरहेका छोरालाई सामान्य चोट लागेको छ भने महिलाको शव अझैं फेला परेको छैन।

अहिले निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले हात्तीको सहायताबाट महिलाको खोजी गरिरहेको बताइएको छ।

प्रतिकृया