• ९ असोज २०८३, शुक्रबार
  • ४ः०६ बेलुका

माछापुच्छ्रे बैंकको थप ६ शाखा 

प्रकाशित मिति

२०७७ पुष १६ गते, बिहीबार ०७:०९

भक्तपुर -माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ६ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

National Life

बैंकले भक्तपुर जिल्लाको सुर्यविनायक न.पा–०३, बालकोट, सिराहा जिल्लाको नरहा गा।पा।–०३, नरहा, महोत्तरी जिल्लाको एकडारा गा.पा–०५, कोलहुवा बगैया, मुगु जिल्लाको खत्याड गा.पा–११, रातापानी, झापा जिल्लाको शिवसताक्षी न।पा।–१०, माईधारा ,झापा जिल्लाकै कन्काई न.पा.–०९, घौलाडुब्बामा थप ६ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बेंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले बैंकले शाखा रहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

देशका विभिन्न स्थानमा ६ शाखारहित बैंकिङ्ग सेवा थप भएसंगै माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङ्ग सेवा १४८ पुगेको छ ।

ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भुक्तानी साथै कर्जा आवेदन समेत दिन सकिने छ ।

बैंकले नेपालमै पहिलो पटक तुरुन्त रियल टाइममा खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराउँदै आएको छ ।

प्रतिकृया