• ७ असोज २०८३, बुधबार
  • ५ः३८ बेलुका

नेपाल लाईफको नयाँ बोनसदर घोषणा, अधिकतम् ८२ रुपैयाँसम्म बोनस पाउने

प्रकाशित मिति

२०७७ पुष १२ गते, आईतवार ०८:३१

 

National Life

काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५।०७६ को लागी नयाँ बोनसदर घोषणा गरेको छ । बीमा समितिबाट यही पुस ९ गते स्वीकृत भएको नयाँ बोनस दर कम्पनीले आज सार्वजनिक गरेको छ । नेपाल लाईफका बीमितिले प्रतिवर्ष प्रतिहजार न्यूनतम ६२ रुपैयाँ देखि अधिकतम् ८२ रुपैयाँसम्म बोनस दिने भएको छ ।

सबैभन्दा कम पाँच वर्ष अवधीका बीमा पोलिसीमा ६२ रुपैयाँ बोनस दर तोकिएको छ । सबैभन्दा पोलिसी बिक्री भएको पाँच देखि १५ वर्षे बीमा पोलिसीमा ६५ रुपैयाँ बोनस दर बीमा समितिबाट स्वीकृत भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले सावधिक तथा सामुहिक जीवन बीमालेख अन्तर्गत सुरक्षित जीवन, जीवन ज्योती, रुलर इन्डोमेन्ट, बाल शिक्षा योजना, केटाकेटी, जीवन लक्ष्मी र जीवन सारथी बीमालेखमा ५ देखि १५ वर्ष अवधिको लागि ६५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको ६५ रुपैयाँ, २१ देखि २५ वर्ष अवधिको बीमालेखका लागि ७२ रुपैयाँ, २६ वा सो भन्दा माथीको बीमा अवधिलाई ८२ रुपैयाँ बोनश दर बीमा समितिबाट स्वीकृत भएको छ ।

 

 

नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका अधिकांश जीवन बीमालेखहरुले ६५ रुपैयाँ बोनस पाउने भएका छन् । कम्पनीले अग्रिम भुक्तानी सावधिक बीमालेख ९धन वर्षा १५ वर्ष, धन वर्षा २० वर्ष, नौलो धन वर्षा, जीवन उन्नती, जीवन शान्ती, छोराछोरी, सदाबहार जीवन बीमा योजना, सावधिक तथा आजीवन ९जीवन साहारा० बीमालेखका लागि ५ देखि १५ वर्ष अवधि तर्फ ६५ रुपैयाँ र १६ देखि २० वर्ष अवधिको लागि ६५ रुपैयाँ प्रति वर्ष प्रति हजार बोनस दर तोकिएको छ ।

त्यस्तै, २१ देखि २५ वर्ष अवधि तर्फ ७२ रुपैयाँ प्रतिहजार र २६ वा सो भन्दा माथीको बीमालेखमा ८२ रुपैयाँ बोनस दर घोषणा गरेको छ । यस्तै, आग्रिम भुक्तानी ९जीवन सम्बृद्धि० योजनामा १५ वर्षे ६२ रुपैयाँ २० वर्षे योजनाको लागि ६४ रुपैयाँ बोनस रहेको छ ।

 

 

प्रतिकृया