सञ्चारमन्त्री गुरुङको प्रेस नोट
प्रकाशित मिति
२०७७ पुष १२ गते, आईतवार ०८:२१
काठमाण्डौ,सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले इमान्दारिताका साथ राष्ट्र सेवाको काममा लागि रहने प्रतिवद्धता व्यक्तगर्नु भएको छ ।
सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङले उच्च नैतिकता, स्वाभिमान र इमान्दारिताका साथ काम गर्दा मात्रै रहेक क्षेत्रमा सफलता प्राप्तहुने पनि स्पष्ट पार्नु भयो ।
रत्न–धर्म स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले उच्च नैतिकता र इमादारिताका काम गरेकै कारण आफूले राष्ट्रको सेवागर्ने अवसर पाएको बताउनु भयो ।
मन्त्री गुरुङले मानवीय सेवा र समाज सेवाको काममा समर्पित भएर लाग्न सामाजिक संघ, संस्थालाई समेत आह्वानगर्नु भयो । उच्च नैतिकता र इमान्दारिताका साथकामगर्न मन्त्री गुरुङले सबैलाई आग्रहगर्नु भयो ।
कार्यक्रममा मन्त्री गुरुङले शैक्षिक अभियन्ता डीबी खड्काद्धारा लिखित‘कल्पना र वेदना’तथा‘सपना र सृजना’नामक कविता संग्रहतथा‘जुुँगुुदेखि मुगुुसम्म’को अनुुभूति समेटिएको निबन्ध संग्रह विमोचन गर्नु भएको थियो भने नेपाली सेनाकाउपरथी डा. सहदेव खड्कालाई सम्मानगर्नु भएको थियो ।
त्यस अवसरमा मन्त्री गुरुङले शैक्षिक अभियन्ता खड्काले उच्चमाध्यामिक शिक्षा परिषदमा कार्यरत रहँदा नेपालको शैक्षिक क्षेत्रको विकासमा उल्लेखनीय योगदान पु¥याउनु भएको चर्चा समेत गर्नु भएको थियो ।






प्रतिकृया