• ११ असोज २०८३, आइतबार
  • २ः१० दिउँसो

सडकबाट मान्छे टिपेर मन्त्रिमण्डल विस्तार गर्ने कार्य लोकतन्त्र विरोधी- बाबुराम भट्टराई

प्रकाशित मिति

२०७७ पुष ११ गते, शनिबार १२:५६

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराजा ज्ञानेन्द्र शाहकै शैलीमा देखापरेको आरोप लगाएका छन् ।

National Life

ट्वीट गर्दै उनले संविधान र लोकतन्त्रविरुद्ध खेलबाड भइरहँदा पनि अन्य दल टुलुटुलु हेरेर बस्नु मूर्खता भएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार साँझ नयाँ मन्त्री नियुक्ति तथा मन्त्रीको जिम्मेवारी हेरफेर गरेपछि पूर्व प्रधानमन्त्री समेत रहेका नेता भट्टराईको यस्तो प्रतिक्रिया आएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

आफैं असंवैधानिक ढंगले संसद् विघटन र चुनावको घोषणा गर्ने अनि सडकबाट मान्छे टिपेर मन्त्रिमण्डल विस्तार र पुनर्गठन गर्ने कार्य लोकतन्त्र विरोधी भएको भट्टराईको आरोप छ ।

उनले यो कार्यलाई सत्ता अकाटय चलाउने पूर्व राजा ज्ञानेन्द्र शाहकै शैली भएको उल्लेख गरेका छन् ।

प्रतिकृया