• ८ असोज २०८३, बिहीबार
  • ८ः०९ राती

मथिनपाद्धारा एशियन अवार्ड दिलाउने सहयोगी हातहरुलाई आभार प्रकट

प्रकाशित मिति

२०७७ पुष ९ गते, बिहीबार १०:४७

सुवास कुँवर, भक्तपुर,पुस ९ गते । मध्यपुर थिमि नगरपालिका एशियन टाउनस्केप अवार्डबाट पुरस्कृत भएको छ । यस अवसरमा नगरपालिकाले एक कार्यक्रमको आयोजना गरि एवार्ड प्राप्त गर्न भुमिका निर्वाह गर्ने सहयोगी हातहरुलाई आभार प्रकट गरेको छ ।

National Life

हिजो साँझ आयोजित खुसी साटासाट तथा बधाई ज्ञापन कार्यक्रममा नगरपालिका प्रमुख मदन सुन्दर श्रेष्ठले ऐतिहासिक तथा सांस्कृतिक सम्पदा पुनर्निर्माणमा पाएको सफलतालाई आधार मान्दै मध्यपुर थिमि नगरपालिका एशियन टाउनस्केप अवार्डबाट पुरस्कृत भएको बताउनुभयो ।
शहरी क्षेत्रको विकासमा सक्रिय युएन हेबिट्याटको एशिया प्यासिफिक क्षेत्रीय कार्यालयले गत अगष्टसम्म भएको प्रगतिको समीक्षा गर्दै सो पुरस्कार प्रदान गरेको हो ।

प्रत्येक वर्ष युएन हेबिट्याटको एशिया प्यासिफिक क्षेत्रीय कार्यालयले दिईंदै आएको सम्मान पाउने मध्यपुर थिमी नगरपालिका नेपालकै एक मात्र नगरपालिका भएको प्रमुख श्रेष्ठले बताउनुभयो।

Classic Tech Mobile
Classic Tech Desktop

श्रेष्ठले पुरुस्कारले थप जिम्मेवार बनाएको बताउँदै यो पुरस्कार पाउनमा उपभोक्ता समिति, नगरपालिका परिवारका साथै सम्पूर्ण थिमीवासी र पत्रकारको को ठूलो हात रहेको भन्दै आभार प्रकट गर्नुभयो ।

आफू नगरप्रमुख भएपछि पोखरी ५, विहार २, ढुंगेधारा २०, पाटी २५, इनार ८ र पार्क २ वटा निर्माण तथा जिर्णोद्धार गरेको बताउँदै अझै धेरै कार्यहरु गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका नयाँ प्रमुख प्रशासकीय अधिकृत चुडामणी पन्थी,नेपाल कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष बचन देउजा,कांग्रेस नगरसभापति सुरेन्द्र श्रेष्ठ,नगरपालिकाका पुर्व उपप्रमुख मुरारी आचार्य ,नेपाल पत्रकार महासंघ जिल्ला शाखा अध्यक्ष पुष्करराज बुढाथोकी ,युएन ह्याबिट्याटका प्रतिनिधि लगायतले नगरपालिकालाई बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ उत्साहका साथ सम्पदा संरक्षण र तिनको दिगोपनका लागि काम गर्न सुझाब दिनुभयो ।

सो अवसरमा नगरपालिकाले पुरस्कार पाउन गरेको मेहनत,गरेका उल्लेख्य कामको उपलब्धि र एवार्डबारे शब्दचित्र समेत प्रस्तुत गरिएको थियो ।
प्रतिस्पर्धामा मध्यपुर नगरपालिकासँगै दक्षिण कोरियाका ४, जापानका ३, चीनका २ तथा मलेसिया, नेपाल र थाइल्याण्डका एक–एक वटाले यस्तो पुरस्कार प्राप्त गरेका हुन् ।

बढ्दो शहरीकणसँगै बेवास्तामा पर्ने गरेको परम्परागत, ऐतिहासिक धरोहर तथा प्राकृतिक क्षेत्र संरक्षणको मुद्दामा काम गर्दै प्रगति हासिल गरेका एशियाली शहरहरुलाई यस्तो पुरस्कार दिइँदै आएको छ ।

 

 

प्रतिकृया