राखेपका सदस्य सचिव सिलवाल नेकपाको केन्द्रिय सदस्य
प्रकाशित मिति
२०७७ पुष ८ गते, बुधबार ०६:३७
काठमाडौंः राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य सचिव रमेशकुमार सिलवाल नेपाल कम्युनिष्ट पाटी ९नेकपा०को केन्द्रिय सदस्यमा मनोनित भएका छन् ।
प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी ओलीसंग निकट रहदै आएका सिलवाल नेकपाको केन्द्रिय सदस्यमा मनोनित भएका हुन् ।
तत्कालिन एमालेको युवा संघको राजनीति गरेका उनले शिक्षा ब्यवसायीको रुपमा आफुलाई स्थापित गरेका थिए । पाटी विभाजनको डिलमा पुगेको समय प्रधानमन्त्री ओलीले सिलवाल सहितका आफु निकट नेतालाई केन्द्रिय सदस्यमा मनोनित गरेका छन् ।
तत्कालिन एमालेमा ओली गुटले स्थापना गरेका मदन भण्डारी स्पोर्टस एकेडेमीका सिलवाल संस्थापक अध्यक्ष हुन् ।
राखेपको सदस्य सचिवमा गत वर्ष नियुक्त भएका सिलवाल नयाँ खेलकुद ऐन आएपछि स्वत खारेजीमा परेका थिए । नयाँ ऐन अनुसार खुल्ला प्रतिस्पर्धाबाट छनोट गरिएको सदस्य सचिवमा सिलवालले दोस्रो पटक पुन नियुक्त पाउन सफल भए ।
पाटी र खेलकुदका हेभिवेट खेलाडीलाई पछि पार्दै प्रधानमन्त्रीकै जोडबलमा सिलवाल सदस्य सचिवमा दोस्रो पटक समेत नियुक्त हुन भएका थिए ।
खेलकुद अघि शिक्षा क्षेत्रमा नाम, दाम कमाएका सिलवालले नीजि विद्यालयको संस्थागत छाता संगठन प्याब्सन गठन गरेका थिए । देशभरका नीजि विद्यालयको नेतृत्व गर्ने संगठनका उनी संस्थागत अध्यक्ष समेत हुन् ।







प्रतिकृया